काठमान्डौ ,असार २०
सरकारले सेवानिवृत्त पदाधिकारीको अनुभव, ज्ञान, सीप र दक्षतालाई मुलुकको सार्वजनिक सेवाको प्रभावकारिताका लागि उपयोग गर्न आवश्यक प्रयास थालेको छ । सरकारले पहिलो पटक मुलुकको सार्वजनिक प्रशासनको उच्च तहमा पुगेका र दीर्घसेवा गरेका कर्मचारीसँग उनीहरूको अनुभवलाई राष्ट्रको सार्वजनिक प्रशासनको विकासमा उपयोग गर्न यस्तो प्रयास थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बिहान नेपाल सरकारका सेवा निवृत्त मुख्यसचिव, सचिव र विशिष्ट श्रेणीका पदाधिकारीसँग गरेको अन्तक्र्रियामा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सार्वजनिक प्रशासनको सुधारका लागि सरकार एकचित्त भएर लागेको बताउनुभयो । सरकारका सेवानिवृत्त र बहालवाला पदाधिकारीबीच भ्रातृत्व भावना विकास तथा अग्रजका अनुभव सार्वजनिक प्रशासनलाई समयानुकूल एवम् सेवामुखी बनाउन छलफल फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सेवानिवृत्त कर्मचारीलाई राष्ट्रिय स्वयम्सेवक दलमा समाहित गर्ने सरकारको योजना रहेको सुनाउँदै प्रधानमन्त्रीले अन्तक्र्रियाका क्रममा प्राप्त सुझाव र सल्लाहलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यसचिव माधवप्रसाद घिमिरेले सेवानिवृत्त कर्मचारीबीच सद्भाव, सहयोग र सहकार्य गर्ने तथा उनीहरूबाट देशको सार्वजनिक प्रशासनको क्षेत्रमा पुगेको योगदानको सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।