काठमान्डौ माघ ५ गते ।
नेपाली लोकसंगीतका चर्चित गायक विमल डाँगी सहितको कलाकारको टोली अमेरिका पुगेका छन् । नेपाली मन्दिर स्थापना गर्नका लागि सहयोगार्थ सांगीतिक कार्यक्रम गर्न उनीहरु अमेरिका पुगेका हुन् । गायक विमल डाँगीका साथमा संगीतकार शम्भुजित बास्कोटा, गायिका मल्लिका कार्की, नायक दिवस उप्रेती र मिरा गुरुङ अमेरिका पुगेका हुन् । उनीहरुले जनवरी २२ मा अमेरिकाको न्यूयोर्कस्थित सन्नीसाइडमा नेपाली मन्दिर स्थापनार्थ सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
कार्यक्रममा गायक विमल डाँगीले पानसमा बत्ती बालेकोदेखि आफ्ना सुपरहीट लोकगीतहरु प्रस्तुत गर्ने भएका छन् भने गायिका मल्लिका मान्छेको भीडहरुमालगायतका आफ्ना चर्चित गीतहरु गाउने भएकी छिन् । उनका गीतमा नायक दिवस उप्रेतीले नृत्य गर्ने बताइएको छ । नेपालमा पनि मल्लिका र दिवसको जोडीको चर्चा चलिरहेको बेला यी जोडीले अमेरिकाबासी नेपालीलाई पनि आफ्नो कलामार्फत मनोरञ्जन प्रदान गर्ने भएका छन् । साथै संगीतकार शम्भुजित बास्कोटाले भने आफ्ना सुपरहीट गीतसंगीत अमेरिकामा रहेका नेपालीहरुमाझ पस्कने भएका छन् । उनीहरु एकमहिना पछि नेपाल फर्कने जनाइएका छ ।