Responsive Ad Slot

latest

पाकिस्तानी प्रधानमन्त्री अदालतामा उपस्थित भए I

Thursday, January 19

/ by Admin BHOLA THAPA
एजेन्सी, माघ ५ गते ।
पाकिस्तानमा सरकार, सेना तथा न्यायपालिकाको बीच रहेको राजनीतिक तनावको प्रभाव स्वरुप विभिन्न घटनाक्रमहरु भइरहेका छन् । यसै क्रममा आज प्रधानमन्त्री युसूफ रजा गिलानी अदालत पुगेका छन् ।
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री गिलानीले अदालतको अपहेलना गरेको भन्दै सुनुवाइकोलागि उपस्थित हुन भनिएको थियो । अहिले अदालतमा यसै विषयमा बहस भइरहेको छ ।
अदालतले गिलानीसँग स्विस अधिकारीहरुलाई अनुसन्धान गर्न नदिएको सम्वन्धमा स्पष्टिकरण मागेको छ । यता प्रधानमन्त्री गिलानीले राष्ट्रपति आसिफ अली जरदारी सहित अन्य कयौं नेताहरुको विरुद्धमा अनुसन्धान गर्न भने आग्रह गरेका छैनन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI