राजन रिमाल, कुवेत -
हेर्दै हलेदेको टुक्रो जस्तो देखिने युवाहरु सांगीतिक नशामा झुम्दै नेपाली सकिरा ईन्दिरा जोशी सँगै कम्मर मर्काई मर्काई धित मर्ने गरी नाचे साँच्चि नै संगितको नशा तिनपाने जस्तै लाग्दो रहेछ। उनीहरु झुमेर नाचे घुमेर नाचे नशालु आँखाले युवतीलाई तिर मारेर नाचे, जिन्दगीभरको मजा लिएर नाचे कुवेतमा शुक्रवार भएको साँस्कृतिक महासंग्रमामा नाचे यिनिहरु मात्र हैन कार्यक्रम हल भित्र थुप्रै युगलजोडीहरु नाच्न सम्म नाचे तर संगितको नशा नशामा चढ्दै जाँदा कमेजै खोलेर नाङ्गै नाचे युवा र युवती मात्र हैनन गित संगितले वच्चा, युवा र वुढो भन्दैन रामचन्द्र काफ्लेले हातमा हात समाएर तालमा ताल मिलाएर आफ्ना फ्यान जति सबैलाई नचाए गित संगित र साहित्य भन्दा हुरुक्कै हुने साहित्यकार महामहिम दम्पतिलाई नै गायक रामचन्द्रले नचाए सधै जसो बत्ति बालेर उद्घाटन गरेर हिड्ने महामहिम यो पटक पुरै कार्यक्रममा झुम्मिएर रहनु भयो।
मिलन, विछोड, व्यथा र वेदनाले भरपुर गीतहरुले गुञ्जयमान हल भित्र वाट बाहिरीने कसैको मनै थिएन। जव स्वरुपराजले यो खाडीमा रहेका हरेक नेपालीको मोवाईलमा रिङ टोन र व्याक टोनमा गुञ्जने गितहरु जव स्टेजमा सुमधुर स्वरमा धेरै माँया दिदा रहेछन मुटु जोडी जानेहरु, पर्खाईमा वित्दो रहेछ यादमा तड्पी वाँच्नेहरु बोलको गीत गुञ्जिना साथ दर्शकदिर्घमा मदहोस हुन बाध्य बनायो नै यिनले अरु थुप्रै गीत गाए आफ्ना फ्यानहरुले वान्स मोर भन्दा डिमाण्ड पनि पुरा गरे। यहाँ फ्यानहरुको कुनै कमि थिएन जव नेपाली दौरा सुरवाल र ढाका टोपीमा रामचन्द्र काफ्ले चट्ट ठाँटिइएर लोक पपभाकामा पूर्व मेची-पश्चिम काली नयाँ नेपालका हामी नेपाली आयो है आयो विर गोरखाली बोलको पहिलो गीतले नै दर्शकको मन जितेका थिए। उनले थुप्रै गीत गाए तर समयको पावान्दिका कारण उनले आफ्ना फ्यानहरुको भने डिमाण्ड पुरा गर्न पाएनन। नेपाली पप गायिका ईन्दिरा जोशी नेपाली सकिराको त के कुरा गर्नु र युवाहरुको ढुकढुकी नै बनेकी उनले आफ्ना फ्यानलाई गीत संगित र नृत्यको माध्यमले नाङगै बनाई दिईन नेपाली गीत संगितमा चर्चित पप गायिका ईन्दिरा जोशीले टुट्यो तारा आकाशमा, तिमी काहाँ छौ , माछी मार न हो दाई, को हो त्यो जसले मलाई मोहनी लगायो, सानु माया आउ वर भन्छन सवै गाँउले मोरा भन्ने बोलका गीतहरु प्रस्तुत गरेकी थिईन।
कार्यक्रममा कुवेतका कलाकारहरुले सामुहिक नृत्यहरु प्रस्तुत गरेका थिए भने पुर्खा पुन, नविन श्रेष्ठ लगायत उनका साथीहरुले लाईभ प्रस्तुती गरेका थिए। कार्यक्रमको शुरुवातमा नै स्थानीय कलाकार मनीष राईले बालक गुरुङको कर्म नामक एलबमवाट म रोए तिमीले रुवायौ बोलको गीत गाएका थिए। स्मरण रहोस वालक गुरुङको गीति एलवम कर्मको पनि विमोचन शुक्रवारनै अनेसासका अध्यक्ष राजन रिमाल, एनआरएनका अध्यक्ष राजेन्द्र तामाङ, साहित्यकार महामहिम मधुवन पौडेल बाट संयुक्तरुपमा विमोचन गरिएको थियो।
