कुमार तमु,
टोक्यो, जापान, पुस २५ गते ।
तमू धीँ टोक्यो जापानले तमुहरुको महान पर्व ल्होसार मु प्री ल्हो -गरुड बर्ग) नयाँ बर्षकार्यक्रमका लागि आमिित्रत कलाकार लोक गायक धन बहादुर तमुलाइ एक कार्यक्रमकाबीच विदाई गरेको छ ।
ओमोरिमामा अवस्थित नमस्ते रेस्टुरेण्टको हलमा जनवरी-८ तारीख साँझ तमु धिंका कार्यबहाक अध्यक्ष हर्क तमुको सभापतित्वमा भएको बिदाई कार्यक्रममा धिंका वरिष्ठ उपाध्यक्ष भीम तमुले ल्होसार कार्यक्रमलाई आफ्नो बिभिन्न सांगीतिक प्रस्तुतिहरु पस्की कार्यक्रम भव्य रुपमा सफल पारी दिनु भएकोमा अतिथि कलाकार गायक धन बहादुर तमुलाइ बधाई तथा सफलता र शुभ यात्राको कामनाका गर्नु भएको थियो ।
बिदाई कार्यक्रममा अतिथि गायक तमुले प्रवासमा रहेर पनि भाषा, संस्कार संस्कृति र परम्परालाइ जोगाई राख्न तमु धिं जापानले यस्ता कार्यक्रमहरुको आयोजना गरि आफु जस्तै धेरै कलाकार हरुलाई जापान जस्तो सुन्दर देशमा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरेकोमा आभार प्रकट गर्नुका साथै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा तमू धिँका कार्याबहाक अध्यक्ष हर्क तमु, उपाध्यक्ष श्रीभक्त तमू, महासचिव कुमार तमु, कोषाध्यक्ष खड्गसिंह तमु, सहकोसाध्यक्ष प्रकाश तमु, सांस्कृतिक संयोजक युक्तमान तमु र सल्लाहकारहरु ओमप्रकाश तमु, दिनेश तमु, याम तमुर्,र् इश्वर तमु, यामा तमु, जितमान तमु र कार्यसमितिका सदस्यहरु लगायत उपस्थिथित महानुभावहरुले खादा तथा मायाको चिनो प्रदान गरी सफल शुभयात्राको कामना गर्दै बिदाई गर्नु भएको थियो । सो अवसरमा स्थानीय गायिका सबिर्ना लालचनलाई पनि तमु धिंले खादा लगाई नगद १०,००० रुपैँयासहित सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा उपस्थित महानुभावहरुका लागि गायक धन बहादुर तमुले लोक भाकाका सांगीतिक कोशेलीहरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव बिष्णु तमुले गर्नु भएको थियो ।



Source: Elamjung