Responsive Ad Slot

latest

संबैधानीक समितिको बैठक निष्कर्षबिहिन I

Thursday, January 19

/ by Admin BHOLA THAPA
काठमाण्डौ , माघ ५ गते ।
माओबादीको बैद्य पक्षको असन्तुष्टीले फेरी संवंैधानिक बैठक प्रभावित गरेको छ । बिबाद समाधान उपसमितिमा सहमति भएका बिषय अनुमोदन गर्न बसेको बैठकमा बैद्य पक्षले असन्तुष्टी जनाएपछि संबैधानिक समितिको बैठक निष्कर्ष विहीन भयो ।
समितिको कार्यकक्ष सिंहदरबारमा विहान बसेको बैठकमा माओबादीको बैद्य पक्षको बिरोधका कारण कुनै निर्णय हुन नसेको नेताहरुले बताए । बैद्य पक्षले बैठक प्रभावित पार्न सक्ने आशंका पाएपछि विबाद समाधान उपसमितका संयोजक माओबादी अध्यक्ष प्रचण्ड उपस्थीत हुनु भयो ।

आजको बैठकमा जग्गाको हदबन्दी र नागरिकलाई अनिबार्य तालिमको बिषयमा छलफल भएको भएको बैठक पछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संचारकर्मीलाई जानकारी दिनुभयो । निर्णय प्रक्रियामा माओबादीको बैद्य पक्षले असहमति जनाएपछि कुनै पनि बिषय अनुमोदन हुन नसकेको बैठक पछि नेताहरुले बताएका छन् ।
राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनीले बिबाद समाधान उपसमितिका संयोजक प्रचण्ड नै बैठकमा अनुपस्थित भएपछि बैठकको औचित्य नहुने बताउनु भयो ।

Don't Miss
© all rights reserved
made with by netKUTI