Responsive Ad Slot

latest

काँग्रेस एमालेबीचको छलफल I

Thursday, January 19

/ by Admin BHOLA THAPA

काठमान्डौ माघ ५ गते ।
नेपाली काँग्रेस र एमालेले द्धन्द्धकालमा माओबादी जनसत्ताले गरेको घरजग्गा कारोबारलाई मान्यता दिने सरकारी निर्णय बिरुद्ध थप रणनीति तय गर्दैछन् । एमाले एमाले सँसदीय दलको कार्यालय सिँहदरबारमा जारी काँग्रेस एमालेका शीर्ष नेताहरुको बैठकमा सरकारी निर्णयका बिरुद्धमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।


छलफलमा काँग्रेस सँसदीय दलका नेता रामचन्द्र पौडेल, नेता रामशरण महत, प्रकासमान सिँह लगायत उपस्थित रहनुभएको छ भने एमाले बाट अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधबकुमार नेपाल, लगायतका नेताहरु सहभागी हुनुभएको बुझिएको छ । माओबादी जनसत्ताले गरेको घरजग्गा कारोबारलाई मान्यता दिने सरकारी निर्णयको बिरोधमा काँग्रेस, एमालेले मँगलबारका लागि बोलाइएको प्रमुख दलको बैठक बहिस्कार गरेका थिए भने सँसद बैठक अबरुद्ध गरेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI