काठमाडौं, माघ ५ गते ।
राज्यको शासकीय स्वरुपमा धारणा वनाउन नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि वस्दै छ । अहिले केहीबेरमा काँग्रेस पार्टी कार्यालय सानेपा ललितपुरमा वस्ने बैठकमा केन्द्रीय सदस्य तथा सभासदहरुले राज्यको शासकिय स्वरुपका विषयमा आफ्नो धारणा राख्ने छन् ।हिजोवाट शुरु भएको बैठकमा सभासदहरु विच सुधारीएको संसदीय व्यवस्था वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्ने विषयमा मत वाझिएको थियो । सभासद रमेश लेखकले सिधारिएको संसदीय व्यवस्था भन्नु भएको थियो भने नरहरी आचार्यले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्ने धारणा राख्नु भएको थियो ।
दलहरु विच शासकिय स्वरुपका विषयमा संवैधानिक समितिमा पनि सहमति हुन सकेको छैन् ।