लमजुङ, माघ ५ गते ।
मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि २१ दिनका लागि बन्द हुने भएको छ । आयोजना बन्द भएपछि देशभर अहिलेको लोडसेडिङ अझ बढ्ने विद्युत प्राधिकरणले जनाएको छ । आगामी १५ गतेदेखि थप लोडसेडिङको मार खेप्नुपर्ने भएको हो ।
परियोजनाको बाँध क्षेत्र र विद्युत्गृहमा समस्या आएर दुर्घटना हुने खतरा बढेपछि विद्युत् उत्पादन बन्द गरी मर्मत गर्न लागिएको केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।उहाँले परियोजनाको बाँध क्षेत्रमा रहेको जलाशयमा अनुमान गरेभन्दा बढी बालुवा भरिएकाले बालुवा फाल्र्न , जलाशयको पूरै पानी खाली गर्नुपर्ने हुनाले मर्मतमा समय लाग्ने बताउनुभयो ।
७० मेगावाट क्षमताको परियोजनामा ३५÷३५ मेगावाट को दुईवटा टर्वाइन जडान गरिएका छन्