Responsive Ad Slot

latest

सेनाको पछिल्लो विज्ञप्तिपछि माओबादी रुष्ट, स्थायी समिति आज पनि I

Sunday, February 19

/ by Admin BHOLA THAPA


काठमाडौं,फागुन ७- शनिबार सेना समायोजनका सम्बन्धमा नेपाली सेनाले जारी गरेको विज्ञप्तिका विषयमा छलफल गर्न एकीकृत नेकपा माओबादीको स्थायी समिति आज पनि बस्दै छ । दुई दिन यता स्थायी समिति जारी भएपनि आजको बैठकमा सेनाको विज्ञप्तिबारे छलफल केन्द्रित हुने स्रोतले बताएको छ ।
नेपाली सेनाले माओबादी लडाकुहरुलाई बढीमा मेजर पद दिन सकिने भन्दै दुई पृष्ठ लामो विज्ञप्ति निकालेको थियो । यसअघि प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई प्रधानसेनापति छत्रमानसिंह गुरुङले पेश गरेको प्रस्तावमा लडाकुलाई सहायक रथीसम्म दिने उल्लेख भएपनि संवैधानिक राष्ट्रपतिले देखाएको सक्रियता, विपक्षी दलहरुको विरोध र पत्रपत्रिकाको विभिन्न टिप्पणीले सेना पछि हटेको माओबादीले विश्लेषण गरेको छ ।
प्रधानसेनापतिले प्रधानमन्त्रीलाई सेना समयोजनबारे प्रस्ताव बुझाएलगत्तै राष्ट्रपतिले उनलाई बोलाएर आफ्नो अडान नविर्सन आग्रह गर्दै माओबादी लडाकुलाई सेनामा समायोजन गर्दा धेरै कुरा ख्याल गर्न आग्रह गरेका थिए ।
यसअघिको सेनाको प्रस्तावलाई माओबादी र लडाकुहरुले स्वयं स्वागतयोग्य कदम भन्दै हौसिएका थिए र शनिबार मात्रै जारी गरिएको विज्ञप्तिपछि माओबादी रुष्ट बनेको छ । माओबादी स्थायी समिति बैठक विहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दै छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI