Responsive Ad Slot

latest

स्याङ्गजा सहयोग समाजको रापाकोट इकाइ समिति गठन I

Sunday, February 19

/ by Admin BHOLA THAPA
घनश्याम पराजुली ( कृष्ण ) ,
दोहा – कतार
स्याङ्गजा सहयोग समाजको मातहतमा रहनेगरी रापाकोट इकाइ समिति गठन गरिएको छ । सनैया ५१ नंम्वर स्थित एक क्याम्पमा श्री नारायण प्रसाद काफ्ले को अध्यक्षता तथा स्याङ्गजा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालको प्रमुख आथित्यमा इकाइ गठन गरिएको हो ।



प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी नेपाली राष्ट्रिय गानसंगै उद्घाटन गरिएको कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य रापाकोटका सन्तोष कुमार काफ्लेले राख्नुभएको थियो भने कार्यक्रम देवी प्रसाद काफ्लेले संचालन गर्नु भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै स्याङ्गजा सहयोग समाजका केन्द्रिय सदस्य घनश्याम पराजुली तथा बेद पाठकले स्याङ्गजा सहयोग समाजका हरेक सामाजिक कार्यमा सहकार्य गर्दै अघाडि बढ्न र रापाकोट इकाइले गर्ने हरेक क्रियाकलापमा समर्थन र सहयोग गर्ने बताउनु भयो साथै सफल सामाजिक कार्यका लागि शुभकामना दिनुभयो ।

प्रमुख अतिथि स्याङ्गजा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले विशुद्घ सामाजिक सेवाको भावना लिएर रापाकोट इकाइ समिति गठन गरेकोमा खुशी प्रकट गर्दै स्याङ्गजा सहयोग समाजको पृष्ठभुमि स्पष्ट पार्दै समाजका काम , कर्तव्य र दायित्व वारे जानकारी गराउनु भएको थियो साथै भातृत्वको विकास र सामाजिक क्षेत्रमा एकजुट भएर सहकार्य गर्दै अघाडि बढ्नु पर्ने बताउदै सफल सामाजिक कार्यका लागि शुभकामना दिनुभयो ।

११ सदस्यीय नव गठित इकाई समितिमा अध्यक्ष नारायण प्रसाद काफ्ले रहनुभएको छ त्यस्तै उपाध्यक्षमा र्धमदत्त काफ्ले , सचिव देवी प्रसाद काफ्ले , सह–सचिव विष्णु पौडेल , कोषाध्यक्ष सन्तोष कुमार काफ्ले , सदस्यहरुमा क्रमशः हेम शर्मा चापागाँइ , लोकेन्द्र पौडेल , राजकुमार काफ्ले , टंक प्रसाद काफ्ले , ज्ञान बहादुर घर्ति र डिल्लीराम काफ्ले रहनुभएको छ भने उक्त समिति गठनको अगुवाई मोहन काफ्लेले गर्नुभएको थियो ।
कार्यक्रमका सभापति नारायण प्रसाद काफ्लेले उपस्थित सम्पुर्ण महानुभावहरुलाई धन्यवाद दिदै रापाकोट इकाई समितिले समाजमा जुझारु भई काम गर्ने र स्याङ्गजा सहयोग समाजका हरेक क्रियाकलापमा सहभागि भई सक्रिय भुमिका र्निवाह गर्ने वचनबद्धता प्रकट गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI