Responsive Ad Slot

latest

एकीकृत चितवनको लागि निरन्तर आन्दोलन I

Sunday, February 19

/ by Admin BHOLA THAPA

चितवन,
फागुन ७ गते ।
चितवनलाई टुक्राउने राज्य पुर्नसरचना आयोगले प्रतिबदेनको खतरा अझै पनि नटरेकोले राजनैतिक दलहरले आफ्नो आन्दोलनलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ । अखण्ड चितवनको माग सहित गठित सर्वपक्षिय संघर्ष समितीले आज चितवनको भरतपुरमा गरेको एक अन्र्तक्रिया कार्यक्रममा दलका नेताहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन ।

संचारकर्मी तथा संचार गृहमा संचालकहरुसगको अन्र्तक्रियामा दलका नेताहरुले, चितवनलाई बिभिन्न कोणबाट प्रहार गर्ने क्रम नरोकिएकोले आन्दोलनको बिकल्प नभएको बताएका थिए । चितवन जिल्लालाई प्रादेशीक राजधानी बनाउनुपर्ने आफुहरुको माग बैज्ञानिक र बस्तुबादी भएको भन्दै दलहरुले चितवन जिल्लाको अस्तित्ब र भबिश्य अन्य प्रदेशसग जोडिन नसक्ने बताए ।

जिल्लाको आफ्नै सामथ्र्य र पहिचान रहेको भन्दै, भौगोलिक सुगमता रहेकोले चितवनबासिलाई दुःख दिने गरी संघियतामा लैजाने प्रस्ताब भित्र षडयन्त्र लुकेको उनीहरुको भनाई छ । सडक संर्घषमा बन्द हड्ताल जस्ता कार्यक्रम प्रति संचारकर्मीले जनाएको आपत्तिलाई सहज रुपमा लिएको बताएका दलका नेताहरुले, देशको सरकारले नै बन्द हड्ताल नगरी कुनै पनि सुनुवाई नगर्ने परीपाटिको आफुहरु पनि शिकार भएको दलका नेताहरुको स्पाट्रोक्ति रहेको थियो ।

प्रचार प्रसार उपसमितीका प्रमुख अरुण पिडीत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा, एकीकृत नेकपा माओबादीका जिल्ला इन्र्चाज अनिल शर्मा बिरही, एमाले चितवनका अध्यक्ष कृष्ण प्रसाद खनाल, नेपाली काग्रेसका जिल्ला सभापति बिकास कोइराला, माले चितवनका सचिब परशुराम लामिछाने, राप्रपाका जिल्ला अध्यक्ष रामहरी कण्डेल, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीना लगायतले बोल्नुभएको थियो ।

एमाले पाटि सुदृढिकरण
एमाले पाटि सुदृढिकरण तथा जनपरिचालन अभियान २०६८ क्षेत्रिय जनसभा क्षेत्र न ५ को आयोजनामा आज माडिमा सम्पन्न भएको छ । क्षेत्र न ५ का अध्यक्ष श्याम कुमार विष्टको सभापतित्वमा भएको कार्यक्रममा विजय सुवेदी दान बहादुर तामाङ प्रमुख अतिथि रहनु भएको थियो भने नारायणी अन्चल ईन्चार्ज कासिनाथ अधिकार िविशिष्ट अतिथि रहनु भएको थियो । अतिथिहरुमा कृष्ण पोख्ररेल लिलाधर आचार्य कृष्ण प्रसाद भुर्तेल रहनुभएको थियो । कार्यक्रममा दिव्य आचार्य कासिनाथ अधिकारी दानबहादुर तामाङ विजय सुवेदि लगायतले कार्यक्रममा आफनो मन्तव्य राख्नु भएको थियो ।
 
Don't Miss
© all rights reserved
made with by netKUTI