रवि रोषी
दोहा कतार फागुन ७ गते ।
चितवन युवा समूह दोहा कतारले यहि आउँदो मार्च ९ तारिखको दिन मिलन समारोहको साथै बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । दोहाको समाल गार्डेनमा गरिन लागेको उक्त बनभोज कार्यक्रममा कतारमा आएका नयाँ चितवनवासीहरु तथा पुराना चितवनवासीहरु बिच परिचयात्मक कार्यक्रम गरिने कार्यक्रमका संयोजक प्रेम परियारले जनाएका छन् । उक्त बनभोज कार्यक्रममा विभिन्न मनोञ्जनात्मक खेलकुदको साथै साँस्कृतिक कार्यक्रम पनि रहेको कार्यक्रम ब्यवस्थापक राज देवकोटाले जनाए । आयोजित खेलमा विजेता खेलाडीलाई म्यान अफ द डे घोषणा गरी सम्मान गरीनुको साथै आकर्षक पुरस्कार पनि राखिएको आयोजकले बताए ।
चितवन युवा समूह मुख्य आयोजक रहेको सो कार्यक्रमको व्यवस्थापन भने राज देवकोटा, राज भट्टराई र लाल भट्टले गर्ने भएका छन् । यातायात परिवहनको लागि सनैयाको अलअतिया मार्केट तथा दोहाको जेद्धा टावरबाट विहान ८ बजे निश्चित समयमा बस छुट्ने जानकारी पनि व्यवस्थापकले बताएका छन् । थप जानकारीको लागि डोलराज पौडेल ७७६४०९४३ (सनैया), सुरेश परियार ७७९१२८९८ (दोहा), राजकुमार बि.क. ७७३०४३८६ (नज्मा), राजाराम बि.क. ६६९९३८७६ (रैयान), रवि पुन ७७४५१५९५ (बकरा भिल्ला), बुद्धिराज पाठक ७०१७५७६२ (अलखोर) मा सम्पर्क राखी विशेष जानकारी प्राप्त गर्न सकिनेछ ।