Responsive Ad Slot

latest

‘चोखो माया’ को मुर्हत I

Tuesday, March 20

/ by Admin BHOLA THAPA
रेम बिक,
पोखरा, ७ चैत्र । लम्तरी माई फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा गुरुङ चलचित्र ‘चोखो माया’ निर्माण हुने भएको छ । चैत ८ गते देखि सुटिङ शुरु हुने चलचित्रको सोमबार पोखरामा शुभमुर्हत गरियो । गुरुङ सँस्कार अनुसार पुजापाठ गरि शुभमुर्हत गरिएको चलचित्र कास्कीका ग्रामिण भेगका गुरुङ बस्तीहरुमा छायाँकन गरिने निर्माण पक्षले जनाएको छ ।


हरेक मान्छेको आ–आफ्नै सपना हुन्छन् । आफुले साँचेको सपना पुरा गर्नकै लागि मानिसले संघर्ष गरिरहेको हुन्छ । संघर्ष गर्दागर्दै कसैले सफलता हात पार्छन् भने कतिको सपना यसै तुहिएर जान्छ । यस्तै विषयलाई उत्थान गरेर निर्देशक नौजंग गुरुङले चलचित्रको कथा तयार पारेका छन् । छायाँकनका लागी चलचित्रको युनिट मंगलबार कास्कीको ग्रामिण गुरुङ बस्ती खिलाङ तर्फ लाग्ने तयारीमा रहेको निर्देशक नौजंग गुरुङले जानकारी दिए । चलचित्रको छायाँकन पार्चे र पोखराका रमणिय स्थानहरुमा समेत गरिने उनले बताए ।

हास्यप्रधान र लभस्टोरी बेसमा बन्न लागेको चलचित्र ‘चोखो माया’ निर्माण पुरा हुँदा सम्म करिब १० लाख खर्च हुने निर्माण पक्षको अनुमान छ । रामबहादुर गुरुङ र निराजन गुरुङको लगानीमा बन्न लागेको चलचित्र एम गुरुङले छायाँकन गर्ने भएका छन् । जयकुमार र तेजेन्द्र गुरुङको संगीत रहने चलचित्रमा नृत्य निर्देशन जस्सु गुरुङ, मनोज गुरुङ र गोरे गुरुङको रहेको छ ।

गुरुङ चलचित्र ‘चोखो माया’ को छायाँकन तीन हप्ता भित्र सकिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा जस्सु गुरुङ, सोम गुरुङ, मनोज गुरुङ, अनु गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहनेछ । फिल्मीखबर
Don't Miss
© all rights reserved
made with by netKUTI