काठमान्डौ असार २१ गते। समायोजन रोजेका 
माओवादी लडाकुको छनोटप्रक्रिया आजदेखि सातओटै शिविरमा सुरु हुने भएको छ । 
नेपाली सेना र लोकसेवा आयोगका पदाधिकारी सहभागी टोली शिविरमा ढिला पुगेका 
कारण हिजो सबै शिविरमा काम सुरु हुन सकेको थिएन । हिजो पहिलो दिन बिभिन्न ३
 ओटा शिविरमा माओवादीका लडाकुको छनौट प्रक्रिया सुरु भएको थियो । चितवनको 
शक्तिखोरमा आज विहानैदेखि छनौट प्रक्रिया सुरु भएको छ भने कैलालीमा विहान 
१० बजेपछि छनौट प्रक्रिया सुरु हुनेछ ।
त्यसैगरी सुर्खेत, रोल्पा लगायतका 
शिविरमा पनि आजै लडाकु छनौट प्रक्रिया सुरु हुने बताइएको छ केही शिविरमा 
लडाकुहरुले पूर्व सहमतिअनुसार छनौट प्रक्रिया नभएकोभन्दै हिजो आपत्ति 
जनाएका थिए । छनोटप्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा सेना र 
लोकसेवा आयोगका पदाधिकारीको टोली पुगेको छ । पहिलो चरणमा लडाकुहरूको 
शारीरिक योग्यताको जाँच गरिने सेनाले जनाएको छ ।
मापदण्डभित्र नपर्ने लडाकुहरूलाई 
स्वेच्छिक अवकाशको अवसर दिइने छ । झन्डै दुई महिनादेखि समायोजन रोजेका ३ 
हजार एक सय २३ लडाकु नेपाली सेनाको जिम्मा रहेको छ ।
 
