Responsive Ad Slot

latest

माओवादीको स्थायी समिति बैठक I

Saturday, February 18

/ by Admin BHOLA THAPA

काठमाण्डौ, फागुन ६
सत्तारुढ एकिकृत नेकपा माओवादीको स्थायी समिति बैठक आज बस्दैछ । दिउसो ३ बजे पछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा राष्ट्रिय सहमतिको सरकार गठन, शान्ति तथा संविधान लेखन प्रकृयाका विषयमा छलफल हुने माओवादीका प्रबक्त दिनानाथ शर्माले जानकारी दिनुभयो ।

उपाध्यक्ष मोहन वैद्य पक्षले प्रधानमन्त्री डाक्टर बाबुराम भटराइको राजिनामाको मागका बारेमा पनि छलफल हुनेछ । आजको स्थाई समिति बैठकमा संविधानका विवादित विषयमा पार्टीको अडान, सेना समायोजन प्रक्रिया लगायतका विषयमा पनि छलफल हुनेछ ।

Don't Miss
© all rights reserved
made with by netKUTI