काठमाण्डौ,
फागुन ६-माओबादी लडाकुलाई सेनामा समायोजन गर्ने बिषयमा प्रधान सेनापतिले तयार गरेको खाका प्रति राजनितिक तहमा टिक्का टिप्पणी सुरु भए लगत्तै सेनाको आन्तरीक धारण तयार गर्न शैनिक मुख्यालयले आगामी साता पृतनापतिहरुको भेला तय गरेको छ ।
शैनिक मुख्यालय स्रोतका अनुसार फाल्गुन ११ गते मुख्यालयमा उपस्थित हुन सबै पृतनाका पृतनापतिहरुलाई पत्रपठाईएको छ । दुईदिन सम्म चल्ने भेलामा समायोजन प्रक्रिया, राज्यपुन संरचानाबारे देशभरी चर्कदै गएको बिबादबाट उत्पन्नहुने पाँचै बिकास क्षेत्रको सुरक्षा आवस्था लगायतका बिषयमा छलफल हुने बताईएको छ ।
प्रमुख दलहरुबीच गत कातिक १५ मा भएको सातबुदें सहमती अनुसार ६ हजार ५ सय लडाकुलाई सेनामा समायोजन गर्ने भनेपछि सेनाले त्यसबारे आफ्नो खाका तयारी गरीरहेको छ । प्रधानसेनपति छत्रमानसिंह गुरुङ्गले प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई भेटि समायोजनका लागि सेनाले खाका प्रस्तुत गरेको खबर बाहिर आपछि अन्य दलहरु ससंकित बन्न थालेका छन ।
सेनाले प्रस्तुत गरेको समायोजन खाकामा मापदण्डका आधारमा प्रबेस गराउन सकिने र त्यसको सहमती दलहरुले कायम गर्नुपर्ने बताउदै आएको छ । अन्य दलले सेनाको प्रस्तावलाई सहज माने पनि माओबादीको बैध समुहले भने समुहगत प्रबेस बिना समायोजन हुन नसक्ने अडान राख्दै आएको छ ।